काठमाडौं । जापानमा शक्तिशाली भूकम्प आएको छ । जापानको भूगर्भ विभागले ६ दशमलव १ म्याग्नीच्युडको भूकम्प आएको जानकारी दिएको छ । भूकम्पको केन्द्र विन्दु देशको चिबा क्षेत्रमा रहेको पनि विभागले जनाएको छ ।
स्थानीय समयअनुसार बेलुका १०ः४१ मा भूकम्प आएको हो । भूकम्पको महसुस धेरै क्षेत्रमा गरिएको थियो । भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त भइसकेको छैन ।




