विश्व

ताइवानको टापु क्षेत्रमा सैन्य गतिबिधि बढाउन चीनको निर्देशन

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको टापु क्षेत्रमा सैनिक पचिालन बढाउन निर्देशन दिएका छन् ।

राष्ट्रपति सीले मंगलबार चीनको सबैभन्दा ठुलो सैन्य निकाय सेन्ट्रल मिलिट्रि कमिसनसँग भेट गरेपछि सैन्य परिचालन बढाउने निर्देशन दिएका हुन् । अमेरिका र जापानसहित अन्य ६ मुलुकले ताइवाननजिकै सामुद्रिक टापुमा सैन्य अभ्यास गरेको विषयमा छलफल गर्न राष्ट्रपति सीले मिलिट्रि कमिशनसँग भेटेको जनाइएको छ ।

गत शुक्रबारदेखि ताइवानको वायु रक्षा क्षेत्रमा युद्धक विमान पठाइरहेको चीनले मंगलबारसम्म १५० युद्धक विमान पठाएको जापनी सञ्चार संस्थाले दाबी गरेको छ । ताइवानले भने आफ्नो रक्षा क्षेत्रमा युद्धक विमान पठाएको विषयमा आपत्ती प्रकट गरेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *