विश्व

गर्भपतन गराउन पाउनुपर्ने माग गर्दै अमेरिकामा प्रदर्शन

काठमाडौं । गर्भपतन गर्न पाउनुपर्ने माग गर्दै अमेरिकामा महिलाहरुले प्रदर्शन गरेका छन् ।

टेक्सस राज्यको नयाँ कानुनले गर्भपतनलाई नियन्त्रण गर्न खोजेको भन्दै अमेरिकी महिलाहरू प्रदर्शनमा उत्रेका हुन् । गर्भपतनको पषमा न्यूयोर्क राज्यकी गभर्नर काथे होकुलले दुई फरक–फरक र्‍यालीलाई सम्बोधन गरेकी थिइन् ।

गत सेप्टेम्बर १ मा टेक्सस राज्यका विधायकहरूले भ्रूणको मुटुको धड्कन सुरु हुन थालेपछि गर्भपतन गर्न नपाइने कानुन बनाएका थिए । तर महिलाहरूले त्यो समयसम्म महिलाहरूलाई आफू गर्भवती भए वा नभएको थाहा नै नहुने बताउँदै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *