काठमाडौं । भारतका सेना प्रमुख मनोज नरवाणेले विवादित भारत–चीन सीमामा थप सैनिक परिचालन गर्ने बताएका छन् ।
चीनले विवादित सीमामा बढाएको सैन्य उपस्थिती र गतिविधीलाई ध्यानमा राख्दै भारतले समेत सैन्य तैनाथीलाई बढाउने उनले बताएका हुन् ।
सीमा क्षेत्र निकै महत्वपूर्ण रहेको र चीनले जस्तै भारतले पनि सैन्य तैनाथी र हातहतियारलाई बढावा दिने सेना प्रमुख नरवणेले बताएका छन् ।
उनले चीनसँग अक्टोबर दोस्रो साता १३ औं संस्करणको वार्ता हुने समेत बताएका छन् । पछिल्लो ६ महिना यता भारत चीन सिमामा कुनै पनि घटना नभएको भन्दै अब पनि समस्या नआउने विश्वास रहेको बताएका छन् ।




