काठमाडौं । भारतीय विदेशसचिव हर्षवद्र्धन श्रृगंला श्रीलंका पुगेका छन् ।
विदेशसचिव भएपछि पहिलोपटक उनी श्रीलंका पुगेका हुन् । भ्रमणका क्रममा उनले श्रीलंकन उच्च अधिकारीसँग भेटघाट गर्ने जनाइएको छ । भ्रमणका क्रममा श्रीलंका र भारतका बिचको सहकार्यलाई थप मजबुत बनाउने बारेमा छलफल हुने श्रीलंकास्थित भारतीय राजदुतावासले जनाएको छ ।
श्रृगंलाले श्रीलंकाको धेरै स्थानको भ्रमण गर्ने समेत जनाइएको छ ।




