विश्व

‘कोल्याप्स’ हुँदै अफगान बैंकिङ प्रणाली

काबुल । अफगानिस्तानको बैंकिङ प्रणाली झन्डै कोल्याप्सको अवस्थामा पुगेको छ । देशकै सवैभन्दा ठूलो बैंकका प्रमुखले यस्तो चेतावनी दिएका हुन् ।

इस्लामिक बैंक अफ अफगानिस्तानका प्रमुख कार्यकारी सइद मोसा कलिन अल फलहीले देशको वित्तिय उद्योग धारासायी भएको बताएका हुन् ।

‘पैसा झिक्न अहिले धेरै मानिस एटीएम धाउन थालेका छन्, तर अफगानिस्तानका कुनै पनि बैकमा पैसा छैन्,’ उनले भने । तालिवानले काबुल कब्जा गरेपछि हाल उनी दुबईमा छन् ।

‘बैंकबाट सबैले पैसा मात्र झिक्न खोजिरहेका छन् । अधिकांश बैंकले काम गर्ने छोडिसके । छिटफुट सञ्चालनमा आएका बैंकले पनि पूर्ण सेवा दिन सकेका छैनन् । तालिवानले १५ अगस्टमा सत्ता कब्जा गर्नुअघि नै अफगान अर्थतन्त्र धरायसी भएको थियो । एजेन्सी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *