काठमाडौं । तालिवान सरकारले अफगान आकाशमा पाइलटविहीन ड्रोन गस्ती रोक्न अमेरिकालाई आग्रह गरेको छ ।
अमेरिकाले अफगान सरकारप्रति आफ्नो प्रतिबद्धतालाई ध्यान दिनुपर्ने र अफगान आकाशमा अतिक्रमण गर्न नहुने अफगान अधिकारीले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
२० वर्षपछि अमेरिकी नेतृत्वको नेटो सैनिक गठबन्धन अफगानिस्तानबाट बाहिरिएको भएपनि अमेरिकाले अफगान आकाशमा ड्रोन उडाइरहेको दाबी गरिएको छ ।




