काठमाडौं । करिब एक वर्ष अघि जारी गरिएको कृषि कानुनको विरोधमा भारतमा किसानहरुले देशव्यापी हडताल गरेका छन् । उनीहरुले सोमबार करिब १० घण्टाको लागि भारत बन्द गराएका हुन् ।
करिब ४० भन्दा बढी किसान संगठनको संयुक्त किसान मोर्चाले गराएको भारत बन्दमा विभिन्न राजनीतिक दल र सामाजिक संगठनले समेत समर्थन गरेका थिए ।
किसानहरुले बिहान ६ बजेदेखि साँझ ४ बजेसम्म विरोध प्रदर्शन गरेका थिए । यसअघि ५ लाख भन्दा बढी किसानहरुले मोदी सरकारले पारित गरेको किसान कानुनविरुद्ध उत्तर प्रदेशमा र्याली गरेका थिए ।




