काठमाडौं । फ्रान्सका राष्ट्रपति एम्मानुयल म्याक्रोंलाई एक व्यक्तिले अण्डाले आक्रमण गरेका छन् ।
सिएनएनका अनुसार राष्ट्रपति म्याक्रों लायनको ‘फुड इभेन्ट’ मा सहभागी भएका बेला उनीाथि आक्रमण भएको हो । आक्रमण भएपनि राष्ट्रपति म्याक्रोंलाई भने नलागेको स्थानीय पत्रकार प्mलोरेन्स लागोले जनाएका छन् ।
पत्रकार लागोले आक्रमणको भिडियो समेत सार्वजनिक गरेका छन् । राष्ट्रपति म्याक्रोंमाथि चुनावका बेलामा समेत अण्डाले आक्रमण भएको थियो । केही समयअघि उनलाई एक युवाले थप्पड समेत हानेका थिए ।




