मुख्य समाचार

आणविक हतियार उन्मूलन गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आणविक हतियाररहित विश्व निर्माण गर्न विश्व समुदायलाई आग्रह गरेका छन् ।

उनले विश्व आणविक हतियारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सो अभिव्यक्ति दिएका हुन् ।

यो हतियार मानवताविरुद्धको र घातक भएकोले विश्वबाट नै आणविक हतियारहरु उन्मूलन हुनुपर्नेमा उनले जोड दिए ।

अहिले पनि आणविक हतियारहरु विश्वमा एक चुनौतीका रुपमा रहेको पनि उनले बताए ।

उनले गएको एक दशक यता विश्वबाट नै आणविक हतियारहरु घट्दो रुपमा रहेको पाइएको भए पनि यसको संख्या अझै पनि विश्वमा कम्तीमा पनि १४ हजार जति रहेको जानकारी दिए ।

उनले संयुक्त राष्ट्रसंघले आफ्नो स्थापनादेखि नै हतियार उन्मूलन गर्ने कार्यक्रममा काम गरिरहेको पनि स्पष्ट पारे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *