विश्व

को होला मर्केलको उत्तराधिकारी ?

वर्लिन। जर्मन चान्सलर एन्जेला मर्केलको उत्तराधिकारी छनौट गर्न जर्मनीमा आज संसदीय निर्वाचन भइरहेको छ । लगातार १६ वर्ष जर्मनीको सत्तामा रहेकी मर्केलले आफू पुनः चान्सलरका लागि प्रतिष्प्रर्धा नगर्ने घोषणा गरिसकेकी छिन् । तर, चुनावमा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने विभिन्न सर्वेक्षणले देखाएका छन् ।

युरोपकै शक्तिशाली अर्थतन्त्र भएको जर्मनीको आगामी नेता को बन्ला भन्ने बारेमा पश्चिमा मुलुकले निकै चासोपूर्वक हेरिरहेको छ । र, ६ करोड मतदाताले यसको फैसला आज गर्नेछ ।

चुनावमा मर्केलको क्रिश्चियन डेमोक्रयाटिक युनियन (सीडीयु), वामपन्थी सोसल डेमोक्रयाटिक पार्टी (एसपीडी) तथा क्रिश्चिय सोसल युनियन (सीएसयु) बीच कडा प्रतिष्प्रर्धा हुने विभिन्न सर्वेक्षणहरुले देखाएका छन् ।

निर्वाचनमा कुनै पनि पार्टीले प्रष्ट बहुमत नल्याउने र सामान्य बहुमत ल्याउने दलको नेता नै गठबन्धनको समर्थनमा मर्केलको उत्तराधिकारी बन्ने एलेन्सव्याच इन्स्टिच्युटले गरेको पछिल्लो सर्वेक्षणले देखाएको छ ।

चुनाव प्रचारको अन्तिम दिन शनिबार चान्सलरबाट बिदा हुन लागेकी मर्केल आफ्ना पार्टीका उम्मेदवार अरमिन ल्यासचेटले उनको गृहनगरमा आयोजन गरेको एक कार्यक्रममा सहभागी भएकी थिइन् ।

‘जर्मनीको बागडोर कसले सम्हाल्छ भन्ने निर्धारण चुनावले गर्नेछ,’ उनले भनेकी थिइन् । जर्मनीको स्थिरतालाई ल्यासचेटले निरन्तरता दिने उनको विश्वास थियो ।

निर्वाचन परिणामबारे चौतर्फी अनिश्चितता देखिन्छ । चुनावको दिनसम्म पनि एक तिहाई मतदाता कसलाई मत हाल्ने भन्ने वारेमा अन्यौल देखिन्छन् । चुनावअघिका मत सर्वेक्षणले पनि फरक फरक नतिजा देखाएका छन् । केही समयअघिको सर्वेक्षणले मर्केलको सीडीयु र उसको भातृ वाभरियन पार्टी विजयी हुने देखाएका थिए । तर, पछिल्लो अर्को एक सर्वेक्षण अलाफ सोल्ज नेतृत्वको सोसल डेमोक्रयाटिकले बहुमत ल्याउने प्रक्षेपण गरेको छ ।

चान्सलरका लागि प्रतिष्प्रर्धा गरेका तीन मुख्य उम्मेदवारमध्ये सोल्जले मतदातालाई बढी प्रभावित पारेका छन् । सन् २०१८ देखि उपचान्सलर रहेका उनले सीडीयुका उम्मेदवारलाई सजिलै पाखा लगाउन सक्ने केहीको अनुमान छ । तर, उनी विजयी भए अन्य दुई पार्टीको गठबन्धनले समर्थन गर्नुपर्छ । ‘मेरा लागि ठूलो गठबन्धन भनेको को मतदाता हुन् । किनकी मतदाताले एसपीडीलाई चुनावमा जति शक्तिशाली बनाउछन् मलाई सरकार गठन गर्न पनि सहज हुन्छ ।’ उनले भनेका छन् ।

निर्वाचनमा ग्रीन पार्टीकी अन्नालेना बेयरबोकले पनि आफ्नो विजयी दाबी गरे पनि उनले जर्मनको नेतृत्व गर्न नसक्ने कतिपयको भनाई छ । आफ्नो राज्यमा हालै गएको भीषण पहिरोमा परेर ज्यान गुमाए व्यक्तिलाई उचित क्षतिपूर्ति नदिएको भन्दै उनको आलोचना भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *