विश्व

भारत भ्रमणका लागि वाइडेनलाई मोदीको निम्तो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति वाइडेनजाई भारत भ्रमणको निम्तो दिएका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले बाइडेनलाई निम्तो दिएका हुन् । भारत भ्रमणका लागि मोदीको प्रस्तावलाई राष्ट्रपति बाइडेनले सकारात्मक रुपमा लिएको भारतको विदेश मामिला मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

उनीहरुका बीचमा पूर्वनिर्धारित तालिकाअनुसार नै भेटवार्ता भएको र भेटवार्ता उपलव्धीमुलक भएको मन्त्रालयले जनाएको छ ।

तीन दिने अमेरिका भ्रमणका क्रममा मोदीले अन्य देशका शिर्ष नेतासँग पनि भेटवार्ता गर्ने विदेश मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *