विश्व

भारतको एक अदालतमा गोली चल्दा तीनजनाको मृत्यु

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीस्थित एक अदालतभित्र गोली चल्दा तीन जनाको मृत्यु भएको छ।

वकिलको भेषमा अदालत प्रवेश गरेका दुई बन्दुकधारीले दिल्लीका ग्याङस्टर जितेन्द्र गोगीलाई गोली हानेपछि प्रहरीले गरेको जवाफी कारबाहीमा दुई जना मारिएका हुन् । प्रहरीले दोहोरो गोली चलाउँदा दुई बन्दुकधारी पनि मारिएका छन् । जितेन्द्रलाई न्यायाधीशसमक्ष पेश गर्दा एक्कासी गोली चलेको थियो । जितेन्द्र गोगी सन् २०२० मार्चमा पक्राउ परेका थिए।

दिल्लीको रोहिणी अदालतभित्र गोली चल्दा तीन जना मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सभाचारमा जनाइएअनुसार दुई जना बन्दुकधारी व्यक्तिहरू वकिलको लुगा लगाएर अदालत परिसर प्रवेश गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *