विश्व

अफगानिस्तानमा आक्रमण, दुई तालिवानीसहित तिनजना मारिए

काठमाडौं । अफगानिस्तानको जलालावादमा भएको आक्रमणमा तिनजनाको मृत्यु भएको छ ।

आक्रमणमा दुई तालिबानी लडाकु र एक सर्वसाधारणको मृत्यु भएको जनाइएको छ । पूर्वी चेक प्वाइन्टनजिकै बन्दुकधारीको आक्रमणमा परी तीन जनाको मृत्यु भएको हो।

नाङगहर प्रान्तको जलालावाद सहरमा तालिबानलाई लक्षित गरी आक्रमण गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *