काठमाडौं । अष्ट्रेलियाको मेलवर्नमा कोरोना जोखिमका कारण लगाइएको प्रतिवन्धविरुद्ध प्रदर्शन गर्ने झण्डे २ सय पक्राउ परेका छन् ।
प्रदर्शनकारीको आक्रमणमा दुईजना प्रहरी अधिकारीहरु घाइते भएपछि उनीहरुलाई पक्राउ गरेको हो । तिनदिनदिन प्रदर्शनकारीहरुले हरेक दिन प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनकारीहरुले प्रहरी अधिकारीहरुमा व्याट्री, बोतल लगाएतले आक्रमण गर्दा दुई प्रहरी घाइते भएका छन् ।
कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि अष्ट्रेलियामा लकडाउन घोषणा गरिएको ।




