विश्व

अष्ट्रेलियामा ६ म्याग्नेच्युडको भूकम्प

काठमाडौं । अष्ट्रेलियामा बुधबार ६ म्याग्नेच्युडको भूकम्प गएको छ। बुधबार बिहान स्थानीय समयअनुसार ९ बजेर १५ मिनेटमा भिक्टोरिया राज्यको राजधानी मेलबर्ननजिकैको म्यान्सफिल्डलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

जिओसाइन्स अष्ट्रेलियाका अनुसार यो अष्ट्रेलियाको इतिहासमा रेकर्ड भएको सबैभन्दा ठूलो भूकम्पमध्ये एक हो। अष्ट्रेलियाको यो क्षेत्रमा निकै कम भूकम्प जान्छ। यसअघि सन् १९८९ मा न्युक्यासलमा ५.६ म्याग्नेच्युडको भूकम्प गएको थियो।

बुधबारको भूकम्पको धक्का सयौं किलोमिटर टाढाका सिड्नी, एडलेइडलगायत सहरसम्म पनि महशुस गरिएको थियो। केही ठाउँमा आवासीय घरहरू भत्किएका दृश्यहरू सार्वजनिक भए पनि भूकम्पको क्षतिको विवरण भने नआएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

४ म्याग्नेच्युडको परकम्प पनि आएकाले अग्ला भवनमा रहेका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। केही ठाउँमा बिजुली अवरूद्ध भएको पनि बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *