काठमाडौं । अमेरिकाले कोरोनाविरुद्धको दुबै मात्रा खोप लगाएका युरोपियन र वेलायती नागरिकहरुलाई प्रवेश खुला गरेको छ ।
विविसीका अनुसार अमेरिकाले कोरोनाविरुद्धको दुबै खोप लगाएका युरोपियन र बेलायती नागरिकका लागि अमेरिका प्रवेश खुला गरेको हो । तर क्यानडा र मेक्सिकोको सडकमार्गबाट प्रवेश गर्न लगाएको प्रतिबन्ध भने खुलाएको छैन ।
कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि सन् २०२० को मार्चमा तत्कालिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका प्रवेशमा रोक लगाएका थिए ।




