काठमाडौ । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच नयाँ रक्षा सम्झौता (ओकस) भएपछि फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोालएको छ ।
रक्षा सम्झौतापछि अष्ट्रेलियाले २०१६ मा फ्रान्ससँग भएको रक्षा व्यापार सम्झौता तोडेपछि फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलाएको हो ।
फ्रान्ससँग अष्ट्रेलियाले १२ वटा पनडुब्बी किन्ने सम्झौता भएपनि नयाँ सम्झौता भएपछि किन्ने प्रक्रिया रद्ध भएको थियो । सम्झौतापछि अष्ट्रेलियाले अमेरिका र बेलायतको सहयोगमा परमाणु ऊर्जाले सञ्चालन हुने पनडुब्बी लिनेछ ।




