काठमाडौं । अमेरिकाले काबूलमा गरेको आक्रमण १० जना सर्वसाधारणको मृत्यु भएको स्वीकार गरेको छ ।
अमेरिकी सेनाले काबूल छाड्नुअघि अगष्ट २९ मा गरेको आक्रमणका क्रममा २ वर्षका बालिकासहित १० जना सर्वसाधारणको मृत्यु भएको स्वीकार गरेको हो ।
यसअघि अमेरिकी सेनाले गरेको ड्रोन हमलामा बम बोकेको कारमाथि आक्रमण गरेर सम्भावित खतरा रोकेको दाबी गरेको थियो ।




