काठमाडौं । कोरोनाविरुद्धको अमेरिकी खोप मोडेर्नाको प्रभावकारीता सबैभन्दा धेरै रहेको पुष्टि भएको छ ।
अमेरिकामा गरिएको हेड टु हेड अध्ययनअनुसार फाइजर र जोनसन एण्ड जोनसनभन्दा बढि मोडेर्ना प्रभावकारिता पुष्टि भएको अमेरिकी सञ्चार संस्था सिएनएनले दाबी गरेको छ । अध्ययनका अनुसार अनुसार जोनसनको खोप प्रभावकारित ७१ प्रतिशत देखिएको छ भने फाइजरको ८८ प्रतिशत प्रभावकारिता देखिएको छ ।
अध्ययनका अनुसार मोडेर्नाको खोपको प्रभावकारिता भने ९३ प्रतिशत देखिएको छ । अध्ययनको निष्कर्षअनुसार मोडेर्ना खोप संसारकै सबैभन्दा धेरै प्रभावकारी रहेको दाबी गरिएको छ ।




