काठमाडौं । तिनमहिना अघि अन्तरिक्ष स्टेसन पुगेका चीनिया अन्तरिक्षयात्री र्पथ्वीमा फर्केका छन् ।
चीनको पहिलो अन्तरिक्ष स्टेसनमा ९० दिनको बसाईपछि तीन जना चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किएका हुन् ।
नी हाइशेङ, लिउ बोमिङ र ताङ होङबो रहेको अन्तरिक्षयान शुक्रबार पृथ्वीमा फर्केको चिनिया सरकारी सञ्चार संस्थाले जानकारी दिएको छ ।
२०२१ को जुन १७ तारिखमा यान शेन्जाउ–१२ नामक अन्तरिक्ष यान चीनले प्रक्षेपण गरेको थियो ।




