विश्व

देश बनाउने आफैंले हो, बाह्य हस्तक्षेप स्वीकार्य छैन : चिनियाँ राष्ट्रपति

काठमाडौं।चिनियाँ राष्ट्रपति सी जिनपिङले कुनै पनि देशमा बाह्य शक्तिको हस्तक्षेप अस्वीकार्य भएको बताएका छन् । शांघाई सहयोग संगठनको समिटलाई सम्बोधन गर्दै राष्ट्रपति सीले देशहरुले आफ्नो भविष्य तय गर्न विकासको जिम्मा आफैंले लिनुपर्ने बताए ।

शासन सत्ता र विकासमा बाह्य स्वार्थ र हस्तक्षेप निरूत्साहित गर्नुपर्ने सीको भनाइ थियो ।

अफगानिस्तानतर्फ संकेत गर्दै सीले भने, ‘दुनियाँका देशहरू आफ्नो हिसाबले शासन व्यवस्था चुन्न र आफ्नो प्रगति तथा समृद्धिको यात्रा तय गर्न सक्छन् । त्यसमा सघाउनुपर्छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *