विश्व

बिमा रकमका लागि आफैलाई मार्ने मानिस बोलाएर गोली हान्न लगाएको खुलासा

काठमाडौं अमेरिकाका एक चर्चित वकिलले मृत्युपछि आफ्नो छोरालाई बिमा रकम आउने आशाले आफैले आफैलाई मार्नका लागि मानिस खटाएको खुलेको छ ।

अमेरिकी समाचार संस्था सिएएनका अनुसार अमेरिकाको साउथ क्यारोलिनाका वकिल एलेक्स मुर्दाउघले आफुलाई मार्नका लागि मानिसलाई रकम दिएर गोली हान्न लगाएको पुष्टि भएको हो । तर गोली हान्ने व्यत्तिलाई रकम तिरेर ल्याएको भएपनि उसले गोली हान्न नजानेका कारण वकिल घाइतेमात्र भएको अमेरिकी प्रहरीले जनाएको छ ।

आफ्नो मृत्यु भएको भए १० मिलियन डलर पाउने भएकाले ति वकिलले आफ्नै मृत्युका लागि कुर्तिस एडवार्ड स्मीथ नामको व्यक्तिलाई रकम दिएका थिए । सिएएनका अनुसार गोली चलाउने स्मीथलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ति वकिलको श्रीमती र एक छोराको तिनमहिना अघि हत्या भएको थियो । बाँकी रहेको एक छोरालाई बिमा रकम आउने आशाले आफैलाई गोली हान्नका लागि मानिस ल्याएको भएपनि उनको मृत्यु भने भएन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *