नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा फेरि वद्धि भएको छ ।
बुधवार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना संक्रमित भएका थिए भने बिहीवार सार्वजनिक गरिएको विवरणमा ३० हजारभन्दा बढी संक्रमित भएको उल्लेख छ ।
बुधवारसम्म चार दिनसम्म एक दिनमा ३० हजारभन्दा कम संक्रमित भएका थिए । ती बिहीबार भने त्यो संख्या बढेर ३० हजारभन्दा बढी भएको छ । अधिकारीहरुले बिहीवार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ५७० जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या ३ करोड ३३ लाख ४७ हजार ३२५ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएको छ । पछिल्लो एक दिनमा भारतको केरलामा मात्रै १७ हजार ६८१ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा दैनिक संक्रमितको सङ्ख्या ५० हजारभन्दा कम भएको ८१ दिन भएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या ३ लाख ४२ हजार ९२३ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३८ हजार ३०३ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभरी अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या ३ करोड २५ लाख ६० हजार ४७४ पुगेको छ ।




