विश्व

अमेरिका, बेलायत र अस्ट्रेलियाको सम्झौताबारे बोल्यो चीन

एजेन्सी । अमेरिका, बेलायत र अस्ट्रेलियाको विशेष सुरक्षा सम्झौताप्रति चीनले विरोध जनाएको छ । चीनले यस सम्झौतालाई शीत युद्धको मानसिकता भएको प्रतिक्रिया दिएको छ ।

हिन्द महासागरमा चीनको बढ्दो प्रभावलाई टक्कर दिन त्रिदेशीय सुरक्षा सम्झौतामा हस्ताक्षर भएपछि चीनले यस्तो बताएको हो । चीनको परराष्ट्र मन्त्रालयले भन्यो, ‘कुनै क्षेत्रीय गठबन्धन कुनै तेस्रो देशलाई लक्षित गर्न को लागी बनाउनु हुँदैन, यी कारणहरुले गर्दा हतियारको अन्तर्राष्ट्रिय प्रसारलाई रोक्ने प्रयासमा बाधा परेको छ।’ चीनले सो सम्झौतालाई ‘धेरै गैरजिम्मेवारपूर्ण’ भनेको छ ।

हालै भएको तीन देशको सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक आणविक शक्तियुक्त पानीजहाज निर्माण गर्न सहयोग गर्नेछ ।

अउकस नाम दिइएको सो सम्झौतामा कृत्रिम गुप्तचरी, विशेष प्रविधि र साइबर समेटिएको छ । अमरिकी राष्ट्रपति जोन बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *