विश्व

उत्तर कोरियाद्वारा दुई वटा क्षेप्यास्त्र परीक्षण

काठमाडौं ।उत्तर कोरियाले बुधबार दिउँसो दुई क्षेप्यास्त्र परीक्षण गरेको छ। देशको पूर्वी समुन्द्रमा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाका उच्च अधिकारीहरुले जानकारी दिएका छन्।

उत्तर कोरियाको मध्य भागबाट क्षेप्यास्त्र प्रहार भएको पनि बताइएको छ। दक्षिण कोरियाको समाचार संस्था योन्हापले श्रोतलाई उल्लेख गर्दै सम्प्रेषण गरेको समाचारमा क्षेप्यास्त्र परीक्षणका प्रारम्भिक विवरणहरु मात्रै उल्लेख छन्।

अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले पनि क्षेप्यास्त्र परीक्षणका बारेमा थप सूचना संकलन भइरहेको जनाएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *