काठमाडौं । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन आइशोलेसनमा बसेका छन् ।
आफ्नो नजिक र सम्पर्कमा रहेका धेरैजनालाई कोरोना संक्रमण पुष्टि भएको भन्दै पुटिन आफै आइसोलेशनमा बसेका हुन् । रुसमा बनेको स्पुतनिक भी खोपको दुबै मात्रा खोप समेत लगाएका पुटिनले कोरोनापिरुद्धको एण्टीबडि आफ्नो शरिररमा रहेको समेत बताका छन् ।
रोयटर्सका अनुसार राष्ट्रपति पुटिनले आफ्नो नजिकका मानिसहरुमा कोरोना देखिएर आफु आइसोलेशनमा बस्न लागेको भन्दै भनेका छन्,‘यो एक प्राकृतिक प्रयोग हो । हेरौं स्पुतनिक भी कसरी व्यवहारमा काम गर्दछ । मसँग एन्टिबडीको स्तर उच्च छ ।’




