विश्व

अफगानिस्तानका महिलालाई पढ्न दिने तालिवानको घोषणा

काठमाडौं । तालिबान सरकारले सर्तसहित महिलाहरुले समेत विश्वविद्यालसम्मको अध्ययन गर्न पाउने व्यवस्थासहितको महिला शिक्षा सम्बन्धी नियम जारी गरेको छ ।

तालिबानका शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले महिलाले शर्तसहित उच्च शिक्षासम्मको अध्ययनलाई निरन्तरता दिन पाउने बताएका हुन् ।

अनुमति दिइएको भएपनि महिला र पुरुषले एउटै कक्षाकोठामा अध्ययन गर्न नपाउने तालिवानीले जनाएको छ । त्यसबाहेक अध्ययनका लागि जाने महिलाले अनिवार्य रुपमा हिजाव लगाउनु पर्नेछ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *