काठमाडौं । अमेरिकामा भएको आतंकवादी हमलाको २० वर्ष पुगेको छ ।
आजभन्दा ठिक २० वर्ष पहिला न्यूयोर्क सहरको वल्र्ड ट्रेड सेन्टर र पेन्टागनमा भएको आक्रमणमा परि २ हजार ९ सय भन्दा वढीको ज्यान गएको थियो ।
२० वर्षपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ९/११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त हमलापछि त्रास र आतङ्ककाविरुद्ध सृजनामा भएको एकता र सहकार्यको भावनालाई पुनः जागृत गराउन आह्वान गरेका छन् ।




