काठमाडौं । तिस वर्षदेखि पेरुको जेलमा रहेका पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ ।
सन् १९९२ देखि जेलमा रहेका उनको त्यहाँको सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यम एपीले जनाएको छ ।
यसअघि आजै मात्रै नेपालका कम्युनिष्ट पार्टीका नेताहरुले उनको रिहाईको माग गरेका थिए । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलसहित नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले समेत गोन्जालोको रिहाइृको माग गरेका थिए ।




