काठमाडौं । अमेरिकी राष्ट्रपतिका मुख्य चिकित्सा सल्लाहकार एन्टोनी फाउचीले अमेरिकामा कोरोनाभाइरसको महामारी नियन्त्रण उन्मुख नरहेको स्पष्ट पारेका छन् ।
फाउचीले अमेरिकामा महामारी नियन्त्रण उन्मुख भएको भन्न नमिल्ने बताएका हुन् । संक्रमति हुने र मृत्यु हुने क्रम नरोकिएको भन्दै नियन्त्रण हुन लागेको भन्न नमिल्ने उनको भनाइ छ ।
उनले अमेरिकमा रहेका सबैले कोरोनाभाइरस विरुद्धको खोप लगाएपछि मात्रै महामारी नियन्त्रण उन्मुख हुनसक्ने बताएका छन् ।




