काठमाडौं । लेवनानमा नयाँ सरकार बन्ने भएको छ ।
करिब डेढ वर्ष लामो गतिरोधपछि लेवनानका राष्ट्रपति मिसेल याउन र प्रधानमन्त्री नाजिव मिकातीले नयाँ सरकार गठन गर्ने विषयमा हस्ताक्षर गरेपछि नयाँ सरकार गठन हुने भएको हो ।
लेवनानमा विगत १३ महिनादेखि पूर्ण सरकारविना नै राज्य सञ्चालन हुँदै आएको थियो । २०२० अगष्ट ४ मा भएको बेरुत पोर्ट विष्फोटपछि प्रधानमन्त्री हसन दायवले राजीनामा दिएका थिए । त्यसपछि लेवनानमा सरकार गठन हुन सकेको थिएन ।




