विश्व

सत्ता कब्जा गरेको तिनसातापछि तालिवानले बनायो सरकार

काठमाडौं । अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबान समूहले सरकार घोषणा गरेको छ ।

अफगानिस्तानको राजधानी काबूल कब्जा गरेको तीन सातापछि तालिवानले प्रधानमन्त्रीमा हसन अखुन्द हुने जनाएको विवीसीले जनाएको छ । तालिवानका प्रवक्ता जबिहुल्ला मुजाहिदका अनुसार सरकारमा उपप्रधानमन्त्रीको जिम्मा भने तालिबानका संस्थापक अब्दुल गनी बरादरलाई दिएको बताएका छन् ।

विगत केही दिनयता तालिवानले जुनसुकै बेला सरकार गठनको घोषणा गर्ने बताउँदै आएका थिए । मंगलबार मात्रै राजधानी काबूलमा महिला अधिकारको पक्षमा भन्दै तालिवानविरुद्ध प्रदर्शन भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *