बेइजिङ । कोभिड–१९ को महामारीका विरुद्धमा लड्न विश्व समुदायलाई सहयोग गर्न अमेरिकालाई चीनले आग्रह गरेको छ ।
चीनले अमेरिकालाई भाइरसको महामारीका विरुद्धमा लड्न तथा यो भाइरस पत्ता लगाउने कार्यमा पनि समन्वय र सहयोग गर्न आग्रह गरेको हो । चीनको विदेश मन्त्रालयका प्रवक्ताले सो आग्रह गर्नुभएको हो । विदेश मन्त्रालयका प्रवक्ता वाङ यनविनले सोमबार उक्त मन्त्रालयलको नियमित प्रेस ब्रिफिङका क्रममा सो धारणा राखेका हुन् । उनले भनेका थिए, ‘‘अमेरिकाले यस महामारीका विरुद्धमा लड्न चीनसँग सहयकार्य गर्नुपर्छ ।’’
प्रवक्ता यनबिनले यदि यसरी सहकार्य गर्न सकियो भनेमात्र विश्व समुदायले यो महामारीबाट मुक्ति पाउन सम्भव हुनेछ भन्नुभएको समाचारमा जनाइएको छ ।
हालैमात्र अमेरिकाका एकजना अधिकारीले महामारीको कारण चीन भएको भनी आरोप लगाएपछि सोमबार उनको सो धारणा आएको हो । प्रवक्ता येनबिनले यससम्बन्धी अनुसन्धान गर्नका लागि चीनले अमेरिकालाई आवश्यक सहयोग गर्ने र अमेरिकाले पनि चीनको साथमा हिँड्न सक्नुपर्ने धारणा राख्नुभएको थियो ।




