विश्व

आफ्ना सर्वोच्च नेता हिब्तुल्लाह अखुन्दजादा जिवितै रहेको र चाँडै सार्वजनिक हुने तालिबानी दावी

तालिबानले आफ्ना सर्वोच्च नेता हिब्तुल्लाह अखुन्दजादा जिवितै रहेको र चाँडै सार्वजनिक हुने दावी गरेको छ ।

तालिबानको सर्वोच्च नेता अखुन्जादा जिवित छन् भने कहाँ छन् र कहिलेसम्म सार्वजनिक हुन्छन् भन्ने प्रश्न लगातार उठिरहेका समयमा पत्रकार सम्मेलन गरी तालिबानले यो दावी गरेको हो ।

सन् २०१६ मा तालिबानका सर्वोच्च कमाण्डर बनेका अखुन्जादा ६० वर्ष नाघेको जनाइएको छ । उहाँ तालिबानको राजनीतिक, सैन्य र धार्मिक विषयका इन्जार्च मानिनुहुन्छ ।

यसैबीच, तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगान महिलाले शरिया अर्थात् इस्लामी कानुन अनुसार अधिकार दिइने फेरि दोहोर्‍याएका छन् । एक गर्भवती महिला प्रहरीलाई निर्ममतापूर्वक हत्या गरेको आरोप लागे लगत्तै गरिएको पत्रकार सम्मेलनमा उनले भने, ‘महिला हाम्रो समाजको महत्वपूर्ण हिस्सा हुन् ।’

प्रवक्ता मुजाहिदले पञ्जशीर प्रान्तमा तालिबानले कब्जा गरेको दावी गर्दै विरोधी नेताको कुनै पत्तो नरहेको पनि बताए । उनले पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेह अफगानिस्तान छाडेर ताजिकिस्तान भागेको पनि बताए ।

पञ्जशीरमा तालिबानी विराधीहरुले अन्तिमसम्म पनि डटेर सामना गरेका थिए । जहाँ पूर्व उपराष्ट्रपति सालेह पनि सामेल थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *