काठमाडौं । उत्तरी इराकको किर्कुक प्रान्तमा आइएसएसले प्रहरी चौकीमा गरेको आक्रमण परेर १३ सुरक्षाकर्मीको मृत्यु भएको छ ।
घटनामा ६ जना सुरक्षाकर्मी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
चौकीमा भएको आक्रमणपछि उनीहरूले गाउँतर्फ जाने सडक छेउमा शक्तिशाली विस्फोट गराएको र त्यही विष्फोटमा परी १३ प्रहरी मारिएका हुन् ।
सन् २०१७ मा इराकी सुरक्षा फौजले इराकी आइएस समूहलाई पराजित गरेपनि आफ्नो अस्तित्व देखाउनका लागि उनीहरुले विभिन्न आक्रमण गर्दै आएको छ ।




