विश्व

तालिवानसँग वार्ता गर्न तयार रहेको विपक्षी नेता मसुदको घोषणा

काठमाडौं । अफगानिस्तानको विपक्षी समुहका नेता अहमद मसुदले तालिवानसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

अफगानिस्तानको पञ्जशिर उपत्यकाकामा रहेको प्रतिरोधी मोर्चाका नेता मसुदले अफगानिस्तानमा जारी संघर्षको अन्त्य गर्न आफु तयार रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अफगानिस्तानमा जारी संघर्ष अन्त्य गर्न र शान्ति कायम गर्न आफ्नो समुह तयार रहेको र तालिवानविरुद्ध आक्रमण नगर्ने तर त्यसका लागि पञ्जशिर उपत्याकामा तालिवानले समेत आक्रमण नगर्ने निश्चित हुनुपर्ने उनको सर्त छ ।

अफगानिस्तानको राजधानी कब्जा गरेको तालिवानले अहिलेसम्म पनि १ सय २० किलोमिटर उत्तरतर्फ रहेको पञ्जशिर कब्जा गर्न सकेको छैन । शनिबार मात्रै झण्डै ५ सय तालिवानी लडाकु मारिएको दाबी गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *