विश्व

अमेरिकी सेना फर्किपछि काबूलमा आन्तरिक उडान शुरु

काठमाडौं । अफगानिस्तानको काबूल बिमानस्थलबाट आन्तरिक उडान शुरु भएको छ ।

अफगानिस्तानको ध्वजावाहक विमान एरियाना अफगान एयरलाइन्सले आजबाट आन्तरिक उडान शुरु भएको हो । विद्रोही तालिवान समूहले काबूल कब्जा गरेपछि अवरुद्ध रहेको उडान आइतबारबाट शुरु भएको हो ।

२० वर्षदेखि रहेको अमेरिकी सेना फिर्ता भएपछि अफगानिस्तान स्वतन्त्र मुलुक बनेको तालिवानले दाबी गर्दै आएको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार विमानस्थल फेरी सूचारु गर्न कतारले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *