काठमाडौं । अमेरिकाको सिकागो राज्यमा अन्धाधुन्ध गोली चल्दा १३ जना घाइते भएका छन् ।
रातीको समयमा अचानक गोली चलाउँदा घरमै रहेका ४ वर्षका बालकसहित १३ जना घाइते भएको जनाइएको छ ।
घरको झ्यालबाट गोली भित्र छिरेको जनाइएको छ । अमेरिकामा अघिलो वर्षको तुलनामा यो वर्ष बन्दुक प्रयोग गरेर गोली चलाउनेको संख्या ९ प्रतिशतले बढेको छ।
अमेरिकी सञ्चार माध्यमहरुका अनुसार अमेरिकाचर हरेक वर्षको गर्मी समयमा प्रत्येक साता २ सय बढि गोली लागेर मृत्यु हुने गरेको देखिएको छ ।




