काठमाडौं । पाकिस्तानी गुप्तचर संस्था आइएसईका प्रमुख फैज हमिद अफगानिस्तान पुगेका छन् ।
तालिवानले नयाँ सरकार गठन गर्ने तयारी थालेकै समयमा हमिज बाकूल पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार हमिजलाई तालिवानीहरुले नै निम्तो दिएका हुन् ।
कतिपयले भने आइएसइ प्रमुख हमिदको भ्रमण अफगानिस्तानको सरकारमा विद्रोही हक्कानी समुहलाई सहभागी नगराउन पहल गर्न हुनसक्ने समेत गरेका छन् ।




