काठमाडौं । अफगानिस्तानको सत्ता कब्जा गरेको तालिवानीले खुसीयाली मनाउने क्रममा १७ जनाको मृत्यु भएको छ ।
सत्ता कब्जा गरेको खुसीयालीमा तालिवानीले गरेको हवाई फायरमा परेर १७ जनाको मृत्यु भएको अफगानी सञ्चार संस्था टोलोले जानकारी दिएको छ । उसका अनुसार खुसीयाली बनाउने क्रममा ४१ अफगानी घाइते भएको जनाएको छ ।
२० वर्ष लामो युद्धको उत्तरार्धमा अफगानिस्तानको सत्ता कब्जा गरेपछि देश पुर्ण स्वतन्त्र भएको घोषणा गर्दै तालिवानीले हवाई फायर गर्दै खुसीयाली मनाएका थिए । २० वर्षदेखि अफगानिस्तानमा रहेको अमेरिकी सेना फिर्ता भएपछि तालिवानीले खुसीयाली मनाइरहेका छन् ।




