काठमाडौं । पोल्याण्डले ताइवानलाई ४ लाख डोज अष्ट्राजेनेका खोप सहयोग गर्ने भएको छ ।
अहिलेसम्म ५ प्रतिशतले मात्रै पुर्ण मात्राको खोप लगाएको ताइवानलाई पोल्याण्डले खोप सहयोग गर्ने भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।
यसअघि अमेरिका, जापानले ६० लाख मात्रा खोप सहयोग गरेका थिए । ताइवानलाई दिइएको सहयोगका बारेमा चीनले चासो व्यक्त गर्ने गरेको छ ।




