विश्व

तालिवानी सरकारलाई वेलायतले मान्यता नदिने

काठमाडौं । विद्रोही तालिवानी नेतृत्वको सरकारलाई बेलायतले मान्यता नदिने भएको छ ।

कतारको राजधानी दोहामा तालिबान नेताहरुसँगको भेटपछि बेलायती विदेशमन्त्री डोमीनिक राबले बेलायत सरकारले तालिवान सरकारलाई मान्यता नदिने घोषणा गरेका हुन् ।

उनले अफगानिस्तानमा रहेका वेलायती नागरिकको उद्धारमात्रै आफ्नो देशको प्राथमिकता रहने स्पष्ट पारेका छन् ।

तालिवानले पश्चिमा देशहरुसँग समेत सम्बन्ध विस्तार गर्ने बताएका बेला वेलायतले मान्यता नदिने घोषणा गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *