विश्व

काबूलमा महिलाहरुको प्रदर्शन

काठमाडौं । अफगानिस्तानको काबूलमा महिलाहरुले प्रदर्शन गरेका छन् ।

समान अधिकार र राजनीतिमा समेत समान सहभागितको माग गर्दै केही महिला अधिकारकर्मीहरुले काबूलमा प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले दाबी गरेका छन् ।

उनीहरुले अफगानिस्तानको अर्थ मन्त्रालय अघि मार्चपास समेत गरेको दाबी गरिएको छ । विद्रोही तालिवानीले काबूल कब्जा गरेपछि पश्चिमा मुलुकहरुले महिला अधिकारका बारेमा चिन्ता व्यक्त गरिरहेका बेला अधिकारकर्मीहरुले काबूलमा प्रदर्शन गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *