विश्व

तालिवान सरकारलाई मान्यता नदिने बेलायतको घोषणा

काठमाडौँ ।बेलायतले तालीवान सरकारलाई मान्यता नदिने भएको छ । कतारको राजधानी दोहामा तालिबान नेताहरुसँगको भेटपछि बेलायती विदेशमन्त्री डोमीनिक राबले अफगानिस्तानको तालिवान सरकारलाई मान्यता नदिने घोषणा गरेका हुन् ।

बेलायतकोे चासो अफगानिस्तानमा फसेका आफ्ना मानिसको उद्धार भएको भन्दै उनले उद्धारका लागि छिट्टै काबुल विमानस्थल खुला हुने संभावना रहेको समेत बताएका छन् । तालिवानले पश्चिमा देशहरुसँग सम्बन्ध राम्रो राख्ने हो भने तत्काल अफगानिस्तानमा फसेका नागरिकहरुलाई त्यहाँबाट बाहिर जान दिनुपर्ने अडान बेलायतले राखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *