विश्व

जापानी प्रधानमन्त्री सुगाले आगामी निर्वाचनमा उम्मेदवारी नदिने

काठमाडाैं।जापानका प्रधानमन्त्री योशिहिदे सुगाले आगामी निर्वाचनमा पुनः उम्मेदवारी नदिने भएका छन् । गत सेप्टेम्बरमा शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिएपछि जापानको संसद्ले योशिहिदे सुगालाई देशको प्रधानमन्त्री निर्वाचित गरेको थियो ।

प्रधानमन्त्री सुगामाथि सर्वसाधारणको समर्थन ह्वात्तै घटिरहेका बेला उनले आगामी निर्वाचनमा उम्मेदवारी नदिने बताएका हुन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडका कारण जापान नराम्रोसँग प्रभावित छ । अहिलेसम्म १५ लाख जापानी कोरोनाबाट संक्रमित भएका छन् । कोभिडबीच ओलम्पिक खेल आयोजना गर्ने सरकारको घोषणा अलाेकप्रिय सावित भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *