विश्व

अफगानिस्तानमा तालिबान सरकार गठनको अन्तिम तयारीमा

काठमाडौँ । तालिबानले अफगानिस्तानमा आज नयाँ सरकारको घोषणा गर्न सक्ने अनुमान गरिएको छ ।

बिबिसीले तालिबानका वरिष्ठ नेता अहमदुल्लाह मुत्त्कीले अफगानिस्तानको राष्ट्रपति भवनमा तयारी भैरहेको जानकारी दिएको उल्लेख गरको छ ।

तालिबानके एक वरिष्ठ नेताले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै तालिबानले आफ्ना प्रमुख नेता मुल्ला हिब्तुल्लाह अंखुदजादाको नेतृत्वमा एक शासकीय परिषद गठन हुन सक्ने बताएका छन् । निर्वाचित नरहेको यस शासकीय परिषदको नेतृत्व राष्ट्रपति बनाएर गर्ने तयारीमा तालिबान लागेको अनुमान गरिएको छ ।

तालिबानका प्रमुख मुल्ला हिब्तुल्लाहका तीन उपप्रमुख रहेका छन् । जसमा तालिबानका संस्थापक मुल्ला उमरका छोरा मौलवी याकुब, शक्तिशाली हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दीन हक्कानी र तालिबानक संस्थापक सदस्य अब्दुल गनि बरादर ।

पछिल्लो पटक १९९६ देखि २००१ सम्म तालिबानले अफगानिस्तानमा सरकार चलाउदा पनि यस्तै परिषद बनाएर शासन गरेको थियो, जो निर्वाचित थिएन । त्यति बेला तालिबानले अफगानिस्तानमा शरिया कानुन लागु गरेको थियो ।

२००१ मा अमेरिकी सेनाको नेतृत्वमा नेटो गठनबन्धनले हमला गरेपछि तालिबान सत्ताबाट बाहिर भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *