विश्व

उत्तर कोरियाद्वारा कोरोनाविरुद्धको खोप लिन अस्वीकार

काठमाडौँ । उत्तर कोरियाले कोरोनाविरुद्धको खोप लिन अस्वीकार गरेको छ । संयुक्त राष्ट्र संघका अनुसार कोभ्याक्स खोप अभियान अन्तर्गत उत्तर कोरियालाई ३० लाख डोज खोप उपलब्ध गराउन लागिएकोमा उत्तर कोरियाले सो खोप अन्य कुनै देशलाई दिन आग्रह गरेको हो ।

विश्वभर कोरोनाको महामारी र खोपको हाहाकार भएको बेला उत्तर कोरियाले खोप अस्वीकार गरेको बताइएको छ । उत्तर कोरियालाई चीनमा बनेको सिनोभ्याक खोप दिन लागिएको थियो ।विश्व स्वास्थ्य संगठनले अग्कास्त १९ सम्म उत्तर कोरियामा कुनै पनि कोरोना भाइरसको संक्रमण नदेखिएको उल्लेख गरेको छ ।

विश्व स्वास्थ्य संगठनले उत्तर कोरियामा ३७ हजार २९१ जना जो स्वास्थ्यकर्मीहरुसहितलाई सामान्य फ्लूको जस्ता लक्षण रहेको र परिक्षण गर्दा निगेटिभ आएको उल्लेख गरेको छ ।

उत्तर कोरियामा कोरोनाको अवस्थाको बारेमा अहिलेसम्म स्पष्ट जानकारी बाहिर आएको छैन । उत्तर कोरियाले अहिलेसम्म आफुहरुले शुरुदेखि नै कडा मापदण्ड लागु गरेका कारण कोरोना नदेखिएको दाबि गर्दै आएको छ । अघिल्लो बर्ष कोरोना महामारी शुरु हुनासाथ सबै भन्दा पहिला आफ्नो देशका सीमा बन्द गर्ने देशमा उत्तर कोरिया पर्दछ ।

उतर कोरियाले यस अघि पनि कोरोनाविरुद्धको खोप लिन अस्वीकार गरेको थियो । यस अघि गत जुलाईमा रुसले कैयौं पटक उत्तर कोरियालाई खोप दिने प्रस्ताव राखेपनि खोप लिन अस्वीकार गरेको थियो ।

उतर कोरियाले कोरोनाविरुद्ध अहिले बनेको खोपको प्रभावकारिता बारे प्रश्न उठाउदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *