काठमाडौं । सत्ता कब्जा गरेको अफगानिस्तानको तालिवानले अमेरिकी सेना फिर्ता भएको खुसीयालीमा प्रमुख शहर कान्दाहारमा परेड प्रदर्शन गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमकहरुका अनुसार तालिवानी सुरक्षाकर्मीहरुले अमेरिकामा निर्माण भएको बख्तरबन्द गाडीसहित अमेरिकामै निर्मित हतियारसहित प्रदर्शन गरेका छन् ।

अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार तालिवानीहरुले अमेरिकी सेना फिर्ता हुँदा काबूलमै छाडेका गाडी समेत तालिवानीले प्रदर्शन गरेका छन् । त्यसबाहेक विद्रोही हुँदा कब्जा गरेका व्ल्याक हक हेलिकप्टर समेत उनीहरुले प्रदर्शन गरेका छन् ।




