काठमाडौं । अमेरिकी सेना फिर्ता भएपछि तालिबानले अफगानिस्तानलाई स्वतन्त्र र स्वायत्त मुलुक घोषणा गरेको छ ।
विद्रोही समुह तालिवानले सत्ता कब्जा गरेपछि २० वर्षदेखि सैनिकसहित अफगानिस्तानमा रहेको अमेरिका सोमबार मात्रै फिर्ता भएको थियो ।
अमेरिकी सैनिकको अन्तिम विमान उडेपछि तालिवानीहरुले खुसीयाली मनाएका थिए । उनीहरुले खुसीयालीमा हवाई फायर गरेका थिए ।
अमेरिकी सेना फिर्ता भएपछि तालिबानका प्रवक्ता जाविहुल्लाह मुजाजिदले अमेरिका पराजित भएको र तालिवानीको विजय भएको बताएका छन् । उनले विश्वका सबै देशससँग सम्बन्ध राख्न चाहेको समेत बताएका छन् ।




